ठुलो झट्का ! अब नेपालीले यूएई जान नपाउने

अबुधावी । को,रोना भाइ,रसलाई कारण देखाउँदै संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्ना नागरिकहरूलाई नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलंकालगायतका दक्षिण एसियाली देशमा यात्रामा प्रतिबन्ध लगाएको छ ।

को,भिड–१९ महा,मा,रीका कारण गत महिनाको अन्त्यमा यूएईले विभिन्न १४ मुलुकका यात्रीहरूलाई आफ्नो देश प्रबेशमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धलाई यही जुलाई २१ सम्म विस्तार गरेको छ ।

परराष्ट्र मन्त्रालय र राष्ट्रिय प्रकोप तथा विपद् व्यवस्थापन प्राधिकरणले यात्राको मौसम शुरू भएपछि नागरिकहरूले को,भिड–१९ सम्बन्धी सबै सावधानी र रोकथामका उपायहरू पालना गर्नु आवश्यक रहेको बताएको ‘द एक्सप्रेस ट्रिब्यून’ले लेखेको छ ।

यूएईको नागरिक उड्डयन प्राधिकरणले एक सूचनामार्फत् लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलङ्का, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्मका लागि हवाई यात्रामा प्रतिबन्ध लगाइएको जानकारी गराइएको हो ।

यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 70 = seventy four