आफैंलाई थुक्दै निजामती सेवाबाट बिदा भए प्रेम सञ्जेल !

काठमान्डौं । थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामती सेवा, मेरो नेता, कर्मचारी र म ।’४० वर्षे निजामती सेवा अवधी पूरा गर्दैगर्दा उपसचिव प्रेमप्रसाद सञ्जेलले सामाजिक सञ्जालमा व्यक्त गरेको आ’क्रोश हो यो ।

५८ वर्षे उमेरहदका कारण सञ्जेलले असार १५ गते अनिवार्य अवकास पाए । तर सुधारको प्रयत्न गर्दा नसकेपछि आफैंलाई गाली गर्दै विदा भए ।राज्य संयन्त्रलाई खुला चु’नौती दिएका सञ्जेल सेवा अवधीको उ’तरार्धमा निकै चर्चामा रहे ।

श्रम कार्यालय विराटनगरमा हाजिर भएलगतै स’रुवा भएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लल्कारेर चुनौती दिए ।

राजनीतिक पहुँचका आधारमा हाजिर भएको तीन महिनामै स’रुवामा परेपछि सर्वोच्च अदालतबाट मुद्दा जि’तेर काममा फर्किए । मंगलबार सोही कार्यालयबाट अवकास लिएका छन् ।

४० वर्र्षे सेवा अवधीमा सञ्जेल राजतन्त्र र गणतन्त्र दुवै व्यवस्था कार्यान्यवन गर्ने तहमा बसेर काम गरे । आफ्नो सेवा अवधीमा राजादेखि राष्ट्रपतिसम्मलाई गाली गर्न सकेको उनी बताउँछन् ।

‘सेवा अवधीमा गलत काम गर्दा राजादेखि राष्ट्रपति र प्रधानमन्त्रीलाई सार्वजनिक रुपमा गा’ली गरें’

उनले भने, ‘तत्कालीन राजा विरेन्द्रकी आमा रत्ना राज्यलक्ष्मी बाल संगठनको अध्यक्ष हुँदा वि’रोध गरें, त्यसबेला सेनाले कु’ट्यो, राष्ट्रपति, प्रधानमन्त्रीलाई गा’ली गर्न ड’राइन्न ।’निजामती सेवामा रहँदा भ्रष्टाचार वि’रुद्ध अभियान चलाए पनि सुधार नआएको उनले बताए ।

तर आफू जहाँ बस्यो त्यहाँ भ्रष्टाचार हुन नदिएको उनको दाबी छ । ‘भ्रष्टाचार गर्ने धेरैको जागिर खाइदिएँ,’ उनी भन्छन्, ‘सेवा अवधीमा जुन अफिसमा बसें त्यहाँ भ्रष्टाचार हुन दिइनँ ।’‘प्रेम सञ्जेलले घुस खाएको परको कुरा माग्यो भने कुन हातले माग्यो, त्यही हात काटेर दिन्छु भनेको छु,’

उनले थपे, ‘दुई वर्ष मोटामोटी श्रम कार्यालयमा काम गर्दा १९ जनाको जागिर खाइदिएँ । सुधार त्यसै हुँदैन नी ।’सञ्जेलले तत्कालीन शान्ति मन्त्रालयमा करिब ६ वर्ष काम गरे । ६ वर्षे अवधीमा ६ जना प्रधानमन्त्री, १३ मन्त्री र ६ जना सचिवसँग काम गरे । सेवा अवधीमा शान्ति मन्त्रालय लामो अवधी काम गरे ।

२०६३र६४ मा उनी पशु सेवा विभागमा कार्यरत थिए । अनुदानको रकममा भ्रष्टाचार देखिएपछि २३ जना स्थायी कर्मचारीलाई जागिरबाट ह’टाए । लगत्तै सरुवा भयो । सर्वोच्चमा मुद्दा हालेर १९ महिना विभागमै रहे ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङमा रहँदा पनि अनियमितता गर्ने पाँच जना स्थायी कर्मचारीलाई कारवाही गरी जा’गिरबाट हटाएको उनले बताए ।

निर्वाचन कार्यालय मोरङमा रहँदा उनले हाजिर नगरी तलब बुझ्यो भन्दै अख्तियारमा उजुरी पर्यो । अख्तियारमा उजुरी पर्दा उनी गलेनन् उल्टो कारवाही गर्न चु’नौती दिए ।

अनुसन्धान गर्दा तलब भुक्तानी कानुन अनुसार नै देखियो ।सेवा अवधीमा कतिपटक अदालत गए भन्ने लेखाजोखा नभएको उनले बताए ।

‘अदालत त कति पटक गएँ त्यसको रेकर्ड नै छैन’ उनले भने, ‘तीन महिना वैदेशिक रोजगार सम्बन्धीको मु’द्दा हेर्दा ३ करोड १० लाख असुल गरेर एक सय १० जनालाई जे’ल पठाएको छु, म वि’रुद्ध कति वटा मु’द्दा परे हिसाब किताब गरेको छैन ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty four ÷ sixteen =