प्रधानन्यायाधीशको प्रश्न : १४६ भित्र भद्रगोल छ के गर्ने ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसद विघटन मुद्दामा रिट निवदेन पेस गरेका १४६ ‘सांसद’ भित्र भद्रगोल रहेको भन्दै यस्तो अवस्थामा के गर्ने भनेर प्रश्न गरेका छन् ।

आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका क्रममा उनले सभामुखका कानुन व्यवसायी मेघराज पोखरेललाई यस्तो प्रश्न गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले भने, ‘तपाईंले एकाउन्टेबेली (जवाफदेहीता) को कुरा गर्नु भयो । अहिले त १४६ भित्र भद्रगोल छ नि त ! योभित्र मोरालिटी लागू हुन्छ कि हुँदैन ? यो दुवै पक्षलाई लाग्ला नि ? यहाँ त भद्रगोल छ नि !’

साथै, प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतले रिट निवेदकहरूको संख्याका आधारमा ‘प्रधानमन्त्री नियुक्त गर्न आदेश दिनु कत्तिको संवैधानिक हुन्छ ?’ भनेर पनि सोधेका छन् ।

‘१ सय ४६ जना अदालतमा आएका छन् । अब उनीहरूसँग बहुमत छ भनेर अदालतले नै प्रधानमन्त्री नियुक्त गर्न मिल्छ त रु के ७६ (५) अनुसार अदालतले त्यसो गर्नु संवैधानिक हुन्छ त ?’, जबराको प्रश्न थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × = four