काठमाडौंमा आज शनिवार अहिलेसम्मकै धेरै २ हजार ६ सय ७२ संक्रमित फेला

काठमाडौं, २४ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र २ हजार १ सय जना संक्रमित थपिएका छन् भने ललितपुरमा ३ सय ६९ जना संक्रमित देखिएका छन्, भने भक्तपुरमा २ सय ३ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ३ सय ६९ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ४० हजार २ सय ४४ पुगेको छ । यसमध्ये काठमाडौमा २२ हजार १ सय १८, ललितपुरमा ४ हजार २ सय ८५ जना र भक्तपुरमा ३ हजार २ सय ७२ जना संक्रमित छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 3 = two