कुलमान बाहिरिएपछि बिजुली जाने समस्या बढ्यो, दोष मुसाको कि कर्मचारीको ?

काठमाण्डाै – पूर्व अर्थसचिव रामेश्वर खनालले बुधबार ट्वीटमार्फत गुनासो पोख्नुभयो, ‘कता पस्यो मुसा फेरि । बिजुली गएर बित्यासै पार्यो ।’ ट्वीटरमै सुदर्शन काफ्लेले लेख्नुभयो, ‘समय-समयमा अघोषित रुपमा लोडसेडिङ गराइ जनतालाई पहिले झैं १८ घन्टे लोडसेडिङ भोग्न बाध्य पारेर जेनेरेटर, सोलार, ब्याट्री, इनभर्टर जस्ता सामग्रीको व्यापार बढाएर मुनाफाको रुपमा कमिसन भित्र्याउन खोजिएको नै हो त ?’

प्रभाव राज लेख्नुहुन्छ, ‘बिजुली नगएको त दिनै हुँदैन हिजो आज । जहिले बिजुली जान्छ । आज त दिनैभरि नै बिजुली गयो । अब त आयो होला भनेको, झिलिक्क आयो, झ्याप्प गयो । कुलमान सँगै बिजुली पनि पछिपछि जान थाल्यो ।’ यी त केही गुनासा र आक्रोश मात्रै हुन् । हिजो आज झ्याप्प झ्याप्प बत्ती जाने समस्याले नागरिक हैरान छन् ।

साँझ बिहान त झन् पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँमा बत्ती गयो भन्ने गुनासो सामाजिक सञ्जालमा छ्याप छ्याप्ती देख्न पाइन्छ । प्राधिकरणले मुसाका कारण प्राविधिक समस्या भएको बताए पनि यस्तो समस्या कम हुनुको सट्टा झन् बढि रहेको छ । कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकबाट भदौ ३१ गते बिदा भएपछि यस्ता गुनासा बढेका छन् ।

घिसिङ पदमा रहेको बेला पनि प्राविधिक कारणले भन्दै बिजुली जान्थ्यो । तर केहीबेरमै आइ हाल्थ्यो, बिजुली जानुको कारणबारे सम्बन्धित क्षेत्रको नो लाइट युनिटमा फोन गरेर जानकारी पाइन्थ्यो । तर अहिले नो लाइटले ‘रेस्पोन्स’ नै नगरेको उपभोक्ताको गुनासो छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

18 + = twenty four