काठमाडौंमा ह्वात्तै बढ्यो को-रोना, नयाँ संक्र-मितको यो संख्या केही साता यताकै उच्च !

काठमाडौं । उपत्यकामा को,रोना संक्र,मण ह्वात्तै बढेको छ । उपत्यकाका तीनवटै जिल्लामा संक्रमण बढेको छ । स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशभर ३४ सय २१ संक्रमित थपिएका छन् । ति मध्ये करिव १ हजार काठमाडौं उपत्यकामा मात्रै छन् ।

दुई हजार तीन सय ९१ सङ्क्र,मण पुष्टि, सङ्क्रमणमा २५ जनाको नि,धन

असोजदेखि को,रोना म,हामा,रीको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी

‘तत्कालका लागि खोप अभियानमै लगानी केन्द्रित गरिने’

काठमाडौंमा ६ सय ७७, ललितपुरमा १ सय ९७ र भक्तपुरमा १ सय २५ जनामा संक्र,मण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नयाँ संक्र,मितको यो संख्या केही साता यताकै उच्च हो । पछिल्लो पटक देशभर १२ हजार २ सय ४० पीसीआर परीक्षण गर्दा २३ सय ९१ र ५ हजार ३२ एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्र,मण पुष्टि भएको छ ।

निषेधाज्ञा खुलेपछि विशेषगरी बागमति, प्रदेश एक र गण्डकी प्रदेशमा संक्रमण बढिरहेको छ । झापामा मात्रै ३ सय १४ जना संक्र,मित थपिएका छन् ।

यस्तै मोरङमा १ सय २०, सुनसरीमा १ सय ६, नवलपरासी पूर्वमा १ सय ५, चितवनमा ९८, मकवानपुरमा ८४, कास्कीमा ६२ तथा धादिङमा ६१ जनामा संक्र,मण पुष्टि भएको छ । पछिल्लो पटक १६ सय ६८ जनामात्रै संक्र,मणमुक्त भएका छन् ।

सक्रिय संक्र,मितको संख्या २७ हजार ९ सय ८ पुगेको छ । ति मध्ये ६ सय ६९ जनाको आइसीयू र १ सय ६६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

संक्र,मणबाट थप २५ जनाको मृ,त्यु भएको छ । कुल मृ,तकको संख्या ९ हजार ७ सय ३८ पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two + one =