सरकारले उल्ट्यायो निर्णयः सार्वजनिक सवारीका सबै सिटमा यात्रु बोक्न पाइने

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रि परिषद बैठकले यसअघि गरिएको निर्णय उल्ट्याँदै सो निर्णय गरेको हो । यसअघिको बैठकले सार्वजनिक सवारीमा बढीमा आधा सिट क्षमतामा यात्रुहरु राख्नुपर्ने निर्णय गरेको थियो ।

सो बैठकले एक लहरमा एकजना मात्र यात्रु राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो। तर सोमबारको बैठकले भने सबै सिटमा यात्रु राख्न पाइने र भाडादर पुरानै कायम गर्ने निर्णय गरेको छ। दशैंमा यात्रुहरुको चाप हुने भएकोले सवारी साधनमा सामाजिक सुरक्षाको मापदण्ड अप्नाउन पनि बैठकले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

यसअघि अन्तरिक हवाई उडानमा पनि प्रावधान लागू गरिएको थियो तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आइरहेका छन्। ठूला चाडपर्व नजिकिए पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिँदै गएको कारण हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनले भनेजति यात्रु पाउन सकेका छैनन्। यात्रु नहुँदा अहिलेसम्म दसैँको लागि अग्रिम टिकट बुकिङ पनि खुलेको छैन।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × one =