दोहोरी प्रतिष्ठानले हटाएर मलाई केहि फरक पर्दैन, म दोहोरी गायक पनि हैन: दुर्गेश थापा

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले आफु दोहोरि गायक नभएको बताएका छन् ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले संस्थागत बहिष्कार गर्ने निर्णय गरेपछी छोटो प्रतिक्रिया दिदै यस्तो बताएका हुन् ।

उनले भने केहि मान्छेहरुको इगो लिएर म माथि कारबाही गरेको सुनेकोछु मलाई थाहा छैन ।त्यस्तो निर्णय गरेको भए पनि मलाई कुनै गुनासो छैन ।‘यदि मलाई परिवारको सदस्य (प्रतिष्ठानको सदस्य) मान्नुहुन्थ्यो भने बोलाएर छलफल गर्नुहुन्थ्यो।’संस्था अदालत होइन, घर हो।

उनीहरू गर्छन गर्दै गरून्। उनीहरू आफू–आफू भित्र बसेर निर्णय गर्छन्। मलाई यस अगाडी पनि कुनै पत्र पठाएका छैनन ।फेसबुकमा म्यासेज पठाएर हुन्छ रु ४ महिनाअघि गीतको पोष्टर सार्वजनिक गर्दा चुप बसेको प्रतिष्ठानले गीत सार्वजनिक हुने बेलामा आएर गीतका शब्दमा आपत्ति जनायो ।

प्रतिष्ठानले भने दुर्गेशलाई आजीवन सदस्यबाट निलम्बन गर्ने, सेवा सुविधाबाट वन्चित गर्ने, प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने, प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने, मेला–महोत्सवमा नबोलाउने गरी प्रतिष्ठानका जिल्ला शाखा एवं आयोजकलाई आग्रह गर्ने निर्णय गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty ÷ sixteen =