गोकुलबाँस्कोटा भन्छन् : भ्रष्टाचार र बेइमानी गर्न राजनीतिमा आएको हैन

काठमाडौँ – पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानी गर्न आफू राजनीतिमा नआएको बताएका छन्। जिल्ला सहकारी सङ्घ लिमिटेड काभे्रपलाञ्चोकद्वारा आयोजित सहकारी बजार विकास कार्यक्रमअन्तर्गत सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा क्रममा बोल्दै बाँस्कोटाले यस्तो बताएका हुन्।

सामाजिक र राजनीतिक पारदर्शीता नभए कुनै काम नलाग्ने भन्दै उनले आफू पारदर्शीताको मानक स्थापना गर्न लागिपरेको बताए। “पारदर्शीको मानक स्थापना गर्न लागेको छु, मानिसको व्यक्तिगत, सामाजिक र राजनीतिक पारदर्शीता नभए कुनै काम लाग्दैन।”, उनले भने।

सरकारले देशलाई जनताको केन्द्रविन्दूमा राखेर काम गरिरहेको पनि उनले दावी गरेका छन्। समाज परिवर्तनको आधार राजनीति मात्रै नभएको उल्लेख गर्दै उनले आर्थिक परिवर्तनले ठूलो भूमिका खेल्ने पनि बताए।

“जनतालाई केन्दूविन्दूमा राख्दा अर्थतन्त्रको जग बलियो हुन्छ, यसपछि गतिशिलताले निरन्तरता पाउँछ।”, उनले भने,”वर्तमान अवस्थामा मुलुकको समृद्धिको अर्को आधार श्रम र प्रविधि हस्तान्तरण पनि प्रमुख विषय बनेको छ। श्रम र प्रविधि विस्तार गर्दै आर्थिक समृद्धितर्फ लाग्नुपर्छ।”

बाँस्कोटाले समृद्धिको एउटा आधारस्तम्भ सहकारी क्षेत्र भएका पनि बताएका छन्। सहकारी र समाजवाद सँगसँगै अगाडि बढ्ने उनको भनाई छ। “राजकीय पूँजी, नीजि पूँजी र सहकारीको पूँजी परिचालनले मात्रै मुलुकको समृद्धि सम्भव छ, त्यसैले सहकारी क्षेत्र आर्थिक समृद्धिको एउटा आधार मानिएको हो।”,उनले भने।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × = twenty four