फेरि बढ्यो सुनको मूल्य !

काठमान्डौं । नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ । प्रति तोलामा ३०० रुपैयाँले बढेर ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो (बिहीबार) सुन ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ८९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । तोलामा पाँच रुपैयाँले घटी एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− eight = 1