चीन, रुस, पाकिस्तानसहित कैयौं देशहरुको संयुक्त सैन्य अभ्यास, भारत सशंकित

काठमाडौं। भारतसँग तनावका बीच चीन, रुस, पाकिस्तान, अर्मेनिया, बेलारुस, इरान, म्यानमार लगायत केही अन्य देशहरुसँग साझा सैन्य अभ्यास गर्ने भएको छ । यही महिना रुसमा हुने सैन्य अभ्यास २१ देखि २६ सेप्टेम्बरसम्म चल्नेछ ।

यसलाई ककस २०२० नाम दिइएको छ । चीनको रक्षा मन्त्रालयको विज्ञप्ति अनुसार सैन्य अभ्यासमा पाङगसहितका वाहन र हल्का ह’तिया’रहरुको प्रयोग गरिनेछ । यिनीहरुलाई नयाँ संस्करणका परिवहन विमानले अभ्यास स्थलसम्म पुर्याउनेछन् । यस क्रममा र’क्षात्मक रणनीति, घेराबन्दी, युद्धक्षेत्र नि’यन्त्रण र कमानमा विशेष ध्यान दिइनेछ ।

चीनको रक्षा मन्त्रालयका अनुसार यो अभ्यासले चीन–रुस सम्बन्धको लागि यस्तो समयमा विशेष महत्व राख्छ जतिबेला पूरै विश्व कोरोना महामारीसँग जुधिरहेको छ ।

चीन र रुसबीच दुई दशक पहिले व्यापक रणनीतिक साझेदारीपछि सैन्य र कूटनीतिक मामिलामा सहयोग बढेको छ । यसको मुख्य उद्देश्य अमेरिकी प्रभावको सामना गर्नु हो । दुवै देशका सेना नियमित रुपे साझा अभ्यास गर्छन् र सिरिया र उत्तर कोरिया जस्ता मामिलामा संयुक्त राष्ट्रसंघमा एक अर%Eकाको समर्थन गर्छन् ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × three =