अर्थमन्त्री पौडेलको पहिलो निर्णय : विश्व बैंकसँग २० करोड डलर ऋण लिने

काठमाडौं : हिजो बुधबार नियुक्त भएका अर्थमन्त्री विष्णु पौडेलले आज पदभार ग्रहण गरेका छन्। महाराजगन्जस्थित राष्ट्रपति निवासमा पद तथा गोपनियताको शपथ लिएर सिंहदरबार पुगी मन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन्। उनले कार्य भार सम्हालेलगत्तै विश्व बैंकसँग २० करोड डलर ऋण लिने सम्झौतामा हस्ताक्षर गरेको पौडेलका प्रेस सल्लाहकार यमन पौडेलले जानकारी दिए।

सो रकम कोभिड १९ को रोकथामका लागि प्रयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ। पदभार सम्हाल्नुअघि उनीसहित तीन मन्त्रीले राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपियनियताको सपथ लिएका थिए। पदभार सम्हाल्दै अर्थ मन्त्री पौडेलले विश्व बैंकबाट २० करोड अमेरिकी डलर ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन्।

नेकपा महासचिव समेत रहेका पौडेलले दोस्रो पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पौडेलले मन्त्रीको पदभार सम्हालेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन जना मन्त्रीलाई आज बिहीबार बिहान शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 6