वामदेव, नारायणकाजी र उपेन्द्र यादव उपप्रधानमन्त्री बन्दै, शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गरिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आगामी शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । यसको लागि उनले सत्तापक्षीय गठबन्धनका नेताहरुसँग छलफलसमेत गरिसकेका छन् ।

हिजोमात्रै पनि उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाई गर्दा जनतामा नराम्रो सन्देश गएको भन्दै अब ढिला गर्न नहुने निश्कर्ष सुनाएका थिए ।

नेता नेपालको आग्रहअनुसार दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिएका प्रधानमन्त्री देउवाले अब नेता नेपालको पार्टीको निर्वाचन आयोगमा सनाखत हुनेबित्तिकै सरकारलाई पूर्णता दिने निश्कर्ष सुनाएका छन् । सुरुमा प्रधानमन्त्री देउवा आफ्नो सरकारमा उपप्रधानमन्त्री नराख्ने पक्षमा थिए ।

तर, नेपालको दलबाट वामदेव गौतम आँफै सरकारमा नेतृत्व गरेर आउन ईच्छुक भएपछि उपप्रधानमन्त्री राख्ने सहमति भएको हो । वामदेवलाई मात्रै उपप्रधानमन्त्री बनाईए गठबन्धनमा असर पर्ने देखेर देउवाले चार जनालाई उपप्रधानमन्त्री बनाउने भएका हुन् ।

नेपाल समूहबाट गौतम उपप्रधानमन्त्री बन्ने निश्चित् भएको छ । उता, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र जसपाबाट अध्यक्ष उपेन्द्र यादव आँफै सरकारमा सहभागी हुने भएका छन् ।

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सहभागी हुनेलाई उपप्रधानमन्त्री बनाउने देउवाको तयारी छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy four + = eighty four