लागूऔषध मुद्दामा पत्रकार मोजीबुल्लाहलाई प्रहरीलेनै फसाउन खोजेको पत्रकार महासंघ रौतहटको आरोप

रौतहट । लागूऔषध नाइट्रोभेट सहित पक्राउ परेका रौतहटका सञ्चारकर्मी मह्मद मोजीबुल्लाहलाई तत्काल रिहा गर्न नेपाल पत्रकार महासंघ रौतहट शाखाले माग गरेको छ । पत्रकार मोजीबुल्लाहलाई प्रहरिकै उच्च अधिकारीको निर्देशनमा सदा पोसाकका घुमुवाहरूले फसाएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले तत्काल रिहाइ तथा दोषीलाई कारबाहीको माग गरेको हो ।

केही घुमुवा तथा अन्य व्यक्तिहरूले पत्रकार मोजीबुल्लाहले प्रयोग गर्ने मोटरसाइकलमा लागूऔषध नाइट्रोभेट राख्दै गरेको सिसिटिभी फुटेज सार्वजनिक भएपछि पत्रकार मोजीबुल्लाह निर्दोष रहेको प्रमाणित भएको महासंघले दाबी गरेको छ ।

सार्वजनिक भएको भिडियो फुटेजमा गौरमा रहेको ग्रिन सिग्नल होटेल अगाडि सडक पेटिका खडा गरी राखिएको मोटरसाइकलमा केही व्यक्तिहरूले केही समानहरू झुन्डाइरहेको देखिएको छ । भिडियो फुटेजमा सदा पोसाकका केही घुमुवाप्रहरीहरू उदय यादव र मनोज साहको पहिचान खुलेको हो ।उनीहरूसंगै रहेका अन्य घुमुवा प्रहरीहरूको पहिचान हुन सकेको छैन ।

साँझ करिब ७ बजेको समयमा ती सादा पोसाकका घुमुवा प्रहरीहरूसंगै दुई जना युवकहरू नाटकीय शैलीमा केही समानहरू पत्रकार मोजीबुल्लाहको मोटरसाइकल झुन्डाइरहेको देखिएको छ ।

सेतो हेलमेट लगाई स्प्लेन्डर प्लस मोटरसाइकलमा आएका ती दुई जना युवाहरूले समान झुन्डाउनु भन्दा अगाडि र झुन्डाइसकेपछि त्यही रहेका घुमुवासंग कुराकानी गरिरहेको देखिएको छ। पत्रकार मोजीबुल्लाहलाई सो होटेलका सञ्चालकले नै खानपिन गर्न बोलाएको थियो ।

पत्रकार मोजबुल्लाहलाई श्रावण ३२ गतेका दिन बेलुका करिब ८ बजे प्रहरीले लागूऔषध नाइट्रोभेट सहित अदालत अगाडीबाट पक्राउ गरेको थियो। भिडियो फुटेज सार्वजनिक भएपछि घटनामा प्रहरीको भूमिका प्रष्ट भएको बताइएको छ ।

भिडियो सार्वजनिक भएपछि प्रहरीले भिडियोमा देखिएको भनिएको धिरज यादव र जितेश यादवलाई प्रहरीले पक्राउ गरेको छ। धिरजलाई शुक्रवार बेलुका गौरबाट पक्राउ गरिएको हो भन्ने जितेश यादवलाई शनिवार बिहानै उनको सर्लाहीस्थित घरबाट पक्राउ गरिएको हो ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाले पक्राउ परेका पत्रकार मोजीबुल्लाह निर्दोष रहेको दाबी गर्दै तत्काल रिहा गर्न र यस घट,नामा पत्रकारलाई फसाउने कार्यमा संलग्नहरुलाई कानुनी दायरामा नल्याए आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले घ,टनाबाट नेपाल प्रहरीको साखमा गम्भीर धक्का पुगेको भन्दै प्रहरीको व्यावसायिकतालाई गिजाउने घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका हुन । उनले भिडियोबाट घटना स्पष्ट भएको बताउँदै अब अनुसन्धानको नाममा जालझेल गर्न नहुने बताएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven + 1 =