प्रचण्डले भनेः रामकुमारी झाँक्रीलाई रोजेको शक्तीशाली मन्त्रालय दिनुपर्छ !

काठमाडौं । माधव नेपाल समूह कि प्रभावशाली नेतृ रामकुमारी झाँक्रीको अहिले चर्चा चौतर्फी छ । माधव नेपालको अडानमा डटेर साथ दिने मध्य एक हुन् रामकुमारी झाँक्री ।

माधव कुमार नेपाल नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुग्दा सम्म उनको अनुहारमा खुशी भन्दा बढी तनाव देखिन्थ्यो । अत्तालिएका माधव नेपालको हात समाएर रामकुमारी झाँक्रीले निर्वाचन आयोगको कार्यालय भित्र लागेकी थिईन जुन तस्विर सामाजिक संजालमा भाईरल नै बन्न पुग्यो । माधव नेपाललाई केपी ओली विरुद्ध लड्न डटेर साथ दिएकी रामकुमारी झाँक्रीलाई सरकारमा ल्याउने तयारी भईरहेको छ ।

माधव कुमार नेपालको नयाँ पार्टी नेकपा (एकिकृत समाजवादी) को दर्ता प्रक्रिया सकिए संगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरिरहेका छन् । माधव नेपालको पार्टी दर्ता भएपछि माधव नेपाल पक्षबाट मन्त्री बन्ने लिष्ट पठाउन निर्देशन दिइएको छ । माधव नेपाल पक्षबाट मन्त्रीको लागि रामकुमारी झाँक्रीको नाम सुरुमा आउन थालेको छ ।

माधव नेपाल निकट एक नेताका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले समेत माधव नेपाललाई रामकुमारी झाँक्रीको तारिफ गरेका छन् ।

प्रचण्डले नै रामकुमारी झाँक्रीलाई उनले रोजे अनुसारको मन्त्रालय दिनुपर्छ भनेका छन् । उनको दक्षता अनुसार उनले रोजेको मन्त्रालय दिन प्रधानमन्त्रीसंग प्रचण्ड आफै कुरा गर्ने कुरा माधव नेपाललाई उल्लेख गरेका छन् ।

रामकुमारी झाँक्रीले तत्कालीन नेकपा हुँदा केपी ओलीका कारण प्रचण्डले दुख पाएको भन्दै अभिव्यक्ति समेत दिएकी थिईन । केपी ओलीले प्रचण्डलाई जालझेल गरेर पार्टी एकलौटी पारेको भन्दै प्रचण्डको समर्थनमा नेता झाँक्री बोलेकी थिईन जुन कुराको गुण प्रचण्डले अहिले आएर तिर्न लागेको बुझिएको छ ।

माधव नेपालले नयाँ पार्टी दर्ता गर्ने निर्णय गर्दैगर्दा उनको साथ भएका प्रभावशाली नेताहरु भीम रावलदेखि गोकर्ण बिष्ट सम्मले साथ दिएनन् तर रामकुमारी झाँक्री डटेर साथ दिईन । माधव नेपाल आत्तीएको बेला रामकुमारी झाँक्रीले साथ दिएको कारण अहिले पार्टी दर्ता गर्न सफल भएको नेता नेपाल निकटहरुले भन्न थालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भने रामकुमारी झाँक्रीलाई अहिले सरकारमा ल्याउन भन्दा उप-सभामुख बनाउने प्रस्ताव अगाडी सारेका छन् । रामकुमारी झाँक्रीलाई पहिलोपल्ट नै ठूलो मन्त्रालय दिन नसकिने भएकाले सम्मानजनक तरिकाले उप-सभामुख दिनुपर्ने प्रस्ताव माधव नेपाललाई राखेका छन् ।

माधव नेपाल र रामकुमारी झाँक्री समेत राजी भएका थिए तर अहिले प्रचण्डले रामकुमारी झाँक्रीलाई रोजेको मन्त्रालय दिनुपर्ने माग राखेकाले रामकुमारी झाँक्री अहिले प्रफुल्ल छिन् ।

यो खबर सुदर्शन खबर डटकममा प्रकाशित भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty four ÷ eighteen =