हेलि बिवाद – यो कार्यको मुल्यांकन इतिहासले गर्ने छ: वडाअध्यक्ष भरत बहादुर बि.क

कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र शान्नि त्रिवेणी गाउँपालिका का अध्यक्ष डम्बर बहादुर शाही (डिबी) आफ्नो गृह जिल्ला कालिकोटमा नीजि क्षेत्रको लागानी भित्र्याउन पहल गर्न हेलिकप्टरमा बाट सवार हुदाँ केही सामाजिक संञ्यालमा टिका टिप्पणी उत्पन्न भएका छन । तर यो भने कुनै नौलो विषय पक्कै होईन ।

गृह जिल्ला कालिकोटमा पर्यटकीय क्षेत्रमा विकास गर्न नीजि क्षेत्रसँगको साझेदारीमा काम गर्न थालेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिएका हुन् ।

नीजि क्षेत्रका केही लगानीकर्तालाइ लिएर मुख्यमन्त्री शाही कालिकोटको प्रमुख पर्यटकीय क्षेत्र नेपालको सबैभन्दा अग्लो पचालझरनाको बेश क्याम्पमा निर्माण भएको होम स्टे, शान्नी त्रिबेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिमा अबस्थित सुथराली विमानस्थल, गौरवको आयोजनाको रुपमा हेरिएको कोटवाडा मान्म केवुलकारको सम्भाव्यताको अध्ययन, प्रसिद्ध धार्मिक स्थल त्रीवेनी पाटन लगायतको चर्चित पर्यटकीय स्थलहरुको अवलोकन गर्न गृह जिल्ला कालिकोट पुगेका थिए ।

अबको केही समयमा नै कालिकोटका प्रमुख पर्यटकीय क्षेत्रहरुको विकासका लागि प्रदेश सरकारको अनुमतिमा नीजि क्षेत्रहरुले लगानीको काम थाल्ने समेत मुख्यमन्त्री शाहीले जानकारी दिए । नीजि क्षेत्रको लगानी भित्र्याउनको लागि कालिकोटका सम्बन्धित स्थानीय तहहरुले समेत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पहल गर्न अनुरोध गरिसकेका छन् ।

हेलि बिबाद : मुख्यमन्त्री हेलिकप्टर चढेर त्रिबेणी दर्शन लाई बिशेष टिका टिप्पणीको रुपमा लिएका छन । यस्तै यो बिषयलाई सामाजिक संञ्यालमामा केहि ब्यक्तिले नकारात्मक रुपमा टिका टिप्पणीे गरिरहेका छन । यो बिषयमा हामीले शान्नि त्रिबेणी गाउँपालिका वडा नं १ का वडा. अध्यक्ष भरत बहादुर बि.क संग उहाँको बिचार बुझ्न खोज्यौँ । उहाँले भन्नु भयो कर्णाली प्रदेश पर्यटकीय क्षेत्रमा धेरै सम्भावना भएको ठाउँ हो त्यसमाथि कालिकोटमा पनि थुप्रै पर्यटकीय स्थलहरु छन् ती पर्यटकीय आयोजनाहरुलाई स्थानीय तह र प्रदेश सरकारले चाहेर मात्रै ती पर्यटकीय क्षेत्रका आयोजनाहरुलाइ पुरा गर्न सक्ने अवस्था छैन त्यसको लागि निजि क्षेत्रको लागानी अनिवार्य छ ।

आगामी दिनमा बढिमालिका मन्दिर सम्मको थिकित पैदल यात्रालाई टाढाँ का तिर्थ यात्रीलाई थप सहज बनाउन यस हेलि यात्राले चर्चित पर्यटकिय क्षेत्रको अवलोकनमा पक्कै सहजिकरण गर्ने छ ।

एउटा नयाँ कामको थालनीको रुपमा यसलाई लिन पर्ने र यस यात्रालाई वषैपिछे संञ्चालन गर्दा पर्यटकिय क्षेत्रको थप प्रचार प्रसार हुनेभएकोले त्रिवेणी भ्रमणलाई बिरोध नभई यसलाई गौरबको रुपमा लिन आग्रह गर्नु भएको छ । यो कार्यको मुल्यांकन इतिहासले गर्ने वडा. अध्यक्ष बिकको भनाई रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ eighty five = ninety four