आगामी चुनावपछि माओवादी केन्द्र देशकै सबैभन्दा ठूलो वामपन्थी दल बन्छः वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले आगामी चुनावपछि माओवादी केन्द्र देशकै सवैभन्दा ठूलो वामपन्थी दल बन्ने बताएका छन् ।

हिजो शनिबार सुर्यविनायक नगरपालिकामा आयोजित वाइसीएल, नेपालको नगर भेलालाई सम्बोधन गर्दै उनले भने, ‘आगामी चुनावपछि माओवादी केन्द्र सवैभन्दा ठूलो वामपन्थी दल बन्छ । तपाईंहरु त्यसका लागि लाग्नुस् ।’

नेता पुनले बृहत कम्युनिष्ट एकता गर्ने तयारीका साथ गरिएको माओवादी एमाले एकता केपी ओलीका कारण असफल भएको बताए । नेता पुनले भने, ‘उनको प्रतिगामी सोचका कारण नेकपा विघटन भयो । ओलीको व्यवस्था विघटन गराउने तयारी विरुद्ध हामीले संघर्ष गरेर व्यवस्था बचायौं ।’

कार्यक्रममा पनि १६७ युवा माओवादी प्रवेश गरेका थिए । नवप्रवेशीलाई माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन, केन्द्रीय सदस्य तथा वाईसिएल अध्यक्ष रामप्रसाद सापकोटा, केन्द्रीय सदस्य दिलिप प्रजापती, भक्तपुर जिल्ला अध्यक्ष डिपि ढकाल लगायतले स्वागत गरे ।

कार्यक्रममा बोल्दै वाइसिएल अध्यक्ष सापकोटाले कम्युनिष्ट आन्दोलनकै खराब व्यक्तिका अवैध सन्तान भक्तपुरमा पनि रहेको भन्दै त्यस्तालाई अगामी चुनावमा हराउनेगरि तयारी थाल्ने निर्देशन दिए ।

भक्तपुर जिल्ला अध्यक्ष ढकालले महेश बस्नेत अबको चुनावबाट भक्तपुरको भूपु सांसद हुने ठोकुवा गरे । कार्यक्रममा सुरेन्द्र सुवालको अध्यक्षतामा ४१ सदस्यीय वाइसीएलको नगरकमिटि घोषणा गरिएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty four − thirty seven =