महेश बस्नेतलाई लक्षित गर्दै दिपशिखा भने कम्युनिष्ट आन्दोलनकै खराब व्यक्तिका अबैध सन्तान भक्तपुरमा पनि छन् !

काठमान्डौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले एमाले अध्यक्ष केपी शर्मा ओली र उनका समर्थकहरुलाई आफैले विघटन गरेको प्रतिनिधि सभामा बोल्न लाज लाग्नु पर्ने बताएका छन् ।

नेता पुनले शनिबार भक्तपुरमा आयोजित वाईसीएलको सूर्यविनायक नगर भेलालाई सम्बोधन गर्दै ओली र उनका समर्थक सांसदलाई पदबाट राजीनामा दिएर नैतिकता देखाउने बेला आएको पनि बताएका छन् ।

‘दुई–दुईपटक प्रतिनिधि सभाको हत्या गरेका पूर्वप्रधानमन्त्री ओली र उनका समर्थक सांसदलाई पूर्वमन्त्री पुनले प्रश्न गरे, ‘तपाईंहरूलाई संसदमा बस्न र बोल्न लाज लाग्दैन ? उनले भने ।

त्यस्तै, ओलीले कम्युनिष्ट एकताको दुरुपयोग गरेको बताउँदै अब माओवादी केन्द्र एकताको झण्डा बोकेर जनतामाझ जाने पनि उनले बताएका छन् ।
‘नेपालमा कम्युनिष्ट एकता जरुरी थियो, आज पनि छ, एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको दुरुपयोग गर्नुभयो, अब असल कम्युनिष्टबीच एकता आवश्यक छ, सम्भव पनि छ, अब माओवादी केन्द्र एकताको झण्डा बोकेर जनताबीच जान्छ र कम्युनिष्ट एकता सफल पार्छौं,’ उनले भने ।

साथै गठबन्धनले ठूलो त्यागले व्युँत्याएको प्रतिनिधि सभामा गठबन्धनलाई नै ओली र उनी निकटका सांसदहरुले उपदेश दिन नैतिकताले नदिने पनि उनले बताएका छन् ।

‘हामीले ब्युँत्याएको संसदमा ठूलठूला कुरा गरी हामीलाई नै उपदेश दिने कहाँको नैतिकता हो,’ पुनले भने।

कार्यक्रममा पनि १६७ युवा माओवादी प्रवेश गरेका थिए । नव प्रवेशीलाई माओवादी केन्द्रका स्थायी कमीटी सदस्य वर्षमान पुन, केन्द्रिय सदस्य तथा वाईसियल अध्यक्ष राम प्रसाद सापकोटा दिपशिखा लगायतले स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै वाइसियल अध्यक्ष राम प्रसाद सापकोटाले कम्युनिष्ट आन्दोलनकै खराब व्यक्तिका अवैध सन्तान भक्तपुरमा पनि रहेको भन्दै त्यस्तालाई आगामी चुनावमा हराउने गरी तयारी थाल्न निर्देशन दिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty four − sixty two =