३ अर्व खायो भन्ने बाबुरामलाई प्रधानमन्त्रीको जवाफ: ‘अर्बौ बाँडेर खाने हर्कत हामी गर्न सक्दैनौ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधान मन्त्री बाबुराम भट्टराईले आफू सहित अन्य पूर्वप्रधान मन्त्री माथि लगाएको आरोपमा सत्यता नभएको भन्दै खण्डन गरेका छन् । ६५ औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्य क्रममा प्रधानमन्त्री ओलीले आरोपमा कुनै सत्यता नभएको बताए । उनले गलत कुराको प्रचार गरिएको बताए ।

६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधान मन्त्री केपी शर्मा ओलीले भने–‘हामि त्यस्तो गैह्र म्मिेजार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौ ।’ आफ्नो सरकारले भ्र’ष्टाचार बि’रुद्ध शुन्य सहनशिलताको निति लिएको दावी गर्दै ओलिले भट्टराई प्रति संकेत गर्दै भने–‘केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनेँ, कार्यारम्भनै नभएको कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा बाँडेर खाए भन्ने गैह्रजिम्मेवारी अभिव्यक्ति निराधार छ ।’

केही दि नअघि एक कार्यक्रममा भट्टराईले प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेर बहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढी गण्डकी जल विद्युत् आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको दाबी गरेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirteen − ten =