रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा जुटे !

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

पार्टी महाधिवेशनसँग विभिन्न विषयमा छलफलका लागि चाक्सीबारीस्थिति उपसभापति प्रकाशमान सिंहको निवासमा उनीहरु छलफलमा जुटेका हुन् ।

वरिष्ठ नेता पौडेलसहित उपसभापति सिंह, नेताहरु शशांक, शेखर कोइरालालगायत सहभागी बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवाद, जिल्ला सभापतिहरुको अनशनलगायतका विषयमा छलपल हुने एक नेताले जानकारी दिए ।

कांग्रेस क्रियाशील सदस्यको विवाद मिलिसकेको भनिए पनि पौडेल पक्षका जिल्ला सभापतिहरु अहिले पार्टी केन्द्रीय कार्यालयमा धर्ना तथा अनशनसहितका आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।

क्रियाशील सदस्यता विधि अनुसार सच्याएर सूची अविलम्ब सार्वजनिक गर्नु पर्ने माग उनीहरुको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × one =