चितवनका २६ वडाअध्यक्ष माधब नेपाल नेतृत्व एकीकृत समाजवादी पार्टीमा

काठमाडौं । नेकपा एमाले विभाजन भएपछि केन्द्र देखि प्रदेश र स्थानीय तहसम्मकै जनप्रतिनिधि को कता लाग्छन भन्ने चासो बढेको छ । केन्द्रिय नेताहरुको कित्ता क्लियर भए पनि प्रदेश तथा स्थानीय स्तरका नेता तथा जनप्रतिनिधि अझै दोधारमै देखिन्छन ।

यद्यपि विभाजन भएको दलको चुनाव चिन्हबाट निर्वाचित जनप्रनिधिले २१ दिनभित्र नयाँ दलमा जाने या सोहि दलमा बस्ने स्पष्ट पार्नुपर्ने भएकाले जनप्रतिनिधिहरुलाई आफ्नो दलमा ल्याउने कसरत दुवै दलका नेताहरुले गरिरहेका छन ।

शिर्ष नेताहरुको राजनितिक थलो चितवनमा पनि जनप्रतिनिधिहरुलाई आआफ्नो दलमा आबद्ध गराउन नेताहरु सक्रिय छन । जिल्लामा नेकपा एमालेबाट निर्वाचित ५४ वडाअध्यक्ष छन । सोमध्य २६ जना नेकपा एकिकृत समाजवादीको भएको चितवनका नेकपा एकिकृत समाजवादीका नेता तेजेन्द्र खड्काले दाबी गरे ।

उनले भने स् ‘प्रतिगमनका बिरुद्ध खुलेर लागेका वडाअध्यक्षहरु हामीसँग हुनुहुन्छ । २५र२६ जना वडाअधयक्ष्यज्युहरु हाम्रो पार्टीमा आउनुहुन्छ ।’ उनले नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा माधव नेपाल पक्षका भरपर्दा नेता सुरेन्द्र पाण्डेले घात गरेको प्रतिक्रिया दिए । पाण्डे अवसरवादको सिकार भएको र पार्टिभित्र देखापरेको चुनौतीदेखि डराएको उनको भनाई छ ।

पाण्डे चितवन क्षेत्र नं। १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन । उनको प्रभाव सो क्षेत्रमा उल्लेख्य छ । एमाले विभाजनको अन्तिम समयसम्म पनि माधव नेपालसँगै रहेका उनी अन्तत एमालेमै रहने निर्णय गरेपछि चितवनमा उनको क्षेत्रका अधिकांश माधव नेपाल पक्षका नेता कार्यकर्ता द्धविधामा परेका छन ।

नेकपा एमाले चितवनकी नेता पार्वती रावलले भने वडाअध्यक्ष, वडासदस्य समेत गरि ८० प्रतिशतभन्दा बढि जनप्रतिनिधि एमालेमै रहने तर्क गरे । सुर्य चिन्ह लिएर निर्वाचित सबै नगरप्रमुख तथा उपप्रमुखहरुपनि एमालेमै रहने उनको दाबी छ ।

तर समाजवादीका नेता खड्का भने जिल्लाका २ स्थानीय तहका प्रमुखहरु मौन रहेकाले समाजवादीतर्फ खुल्ने दाबी गर्छन । जिल्लाका प्रदेश साँसद कृष्ण खनालले भने समाजवादीको केन्द्रिय सदस्यको रुपमा निर्वाचन आयोगमा सनाखतसमेत गरिसकेका छन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 8 = one