अब सार्वजनिक यातायतमा चड्न ‘फेस सिल्ड’ अनिवार्य प्रयोग गर्नुपर्ने, सहि निर्णय ?

काठमाडाैं, २ कात्तिक । कोरोनाभाइरस सङ्क्रमणका माझ सार्वजनिक यातायतमा नयाँ नियम ल्याइएका छन् । हिजाे कत्तिक १ गतेबाट लागु भएकाे नयाँ नियम अनुसार सार्वजनिक सवारी साधनले सबै सिटमा यात्रु चढाउन पाउने छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि गरिएको निर्णय उल्ट्याँदै सो निर्णय गरेको हो । यसअघिको बैठकले सार्वजनिक सवारीमा बढीमा आधा सिट क्षमतामा यात्रुहरु राख्नुपर्ने निर्णय गरेको थियो ।

सो बैठकले एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । तर सोमबारको बैठकले भने सबै सिटमा यात्रु राख्न पाइने र भाडादर पुरानै कायम गर्ने निर्णय गरेको छ । सबै सिटमा यात्रु चढाउन पाउने भएपछि सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालका अनुसार अब सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग गर्नुपर्ने छ । फेस सिल्डको व्यवस्थापन भने यात्रु आफैले गर्नुपर्ने छ । फेस सिल्ड नलगाउने यात्रुहरूले यात्रा गर्न नपाउने समते प्रवक्ता भुषालले जानकारी दनुभयाे । सार्वजनिक यातायतमा यात्रुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएकाे सुरक्षा सम्बन्धि निर्देशिका र मापदण्डहरू पूर्णरूपमा पालना गर्नुपर्ने छ ।

स्वास्थ्य मन्त्रालयबाट जारी गरिएकाे सुरक्षा सम्बन्धि निर्देशिका अनुसार बसमा यात्रा गर्दा मास्क अनिवार्य लगाउनुपर्ने छ ।सवारी साधनभित्र वा सार्वजनिक स्थलमा (बस टर्मिनल वा बस बिसौनी) रहँदा कुनै पनि किसिमको खानेकुरा खान पाइने छैन । त्यस्तै स्यानिटाइजर पनि लगाइराख्नु पर्ने छ । सरकारले यही असोज १ गतेदेखि स्वास्थ्यका मापदण्ड पुरा गरी लामो तथा छोटो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । गत चैत ११ गतेबाट नचलेका सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy three − sixty three =