महेश बस्नेतलाई चुरीफुरी धेरै नगर्न दीपशिखाको चुनौती !

काठमाडौं । वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले महेश बस्नेतलाई आउँदो निर्वाचन जितेर देखाउन चेतावनी दिएका छन् ।

वाईसीएल र अखिल (क्रान्तिकारी)को संयुक्त भेलालाई चितवनको इच्छाकामनामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले उक्त भनाइ राखेका हुन् ।

वाईसीएल मूलतः हिजो जनयुद्धमा बन्दुक बोकेर जनयुद्धमा होमिएका युवाहरूको शान्ति प्रक्रियापछिको दस्ता रहेकोमा परिवर्तित सन्दर्भमा आजको पछिल्लो प्रविधि प्रयोग गर्ने अत्याधुनिक युवाहरूमा पनि अब्बल दस्ता निर्माण गरिने सापकोटाको भनाइ थियो ।

वाईसीएल सहरका युवाहरूमाझ सबैभन्दा लोकप्रिय र पुनः मुलुकको पहिलो सङ्गठन बनाइने दाबी गर्दै उनले महेश बस्नेतहरूलाई चुरीफुरी धेरै नगर्न र हिम्मत भए आगामी निर्वाचन जितेर देखाउन चेतावनी दिए ।

अखिल९क्रान्तिकारी०का उपमहासचिव जपी मैनाली सहित वाइसियलका निवर्तमान सचिव द्वय दिवस पाण्डे र केयर सिंह कुवर , लुम्बिनी प्रदेश संयोजक जितेन्द्र पुन, नेताहरु सन्तोष पनेरु, साजन अधिकारी , तथा अखिल (क्रान्तिकारी) नेताहरु बसन्त आचार्य र अविनाश रम्तेलले शुभकामना मन्तव्य राखेको इच्छाकमना भेलाले वाईसीएल अध्यक्षमा झलक गुरुङ र अखिल (क्रान्तिकारी) अध्यक्षमा सुमित्रा प्रजाको नेतृत्वमा नयाँ टिम निर्वाचित गरेको छ ।

`समाजको हर क्षेत्रका उत्कृष्टहरूलाई वाईसीएलमा ल्याइने भन्दै उनले अगाडी भने ´ एउटा राम्रो खेलाडी, राम्रो कलाकार , उत्कृष्ट विद्यार्थी वा समाजमा योगदान गरेका व्यक्तिलाई वाईसीएल बन्न लामो समय कुरेर क्रियाशील भइरहन जरुरी हुन्न। राष्ट्रको योगदान दिने हरेक व्यक्ति वाईसीएलको सदस्य हुने हक स्वतः राख्छ ।´

कार्यक्रममा नेपाली काँग्रेस र एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका साठी विभिन्न व्यक्तिहरूलाई माओवादी (केन्द्रका) केन्द्रीय सदस्य समेत रहेका रामप्रसाद सापकोटाले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ four = one