प्रचण्ड को पहलमा रामकुमारी झाक्री शिक्षामन्त्री पड्काउदै !

काठमाडौं । केही हप्ता अघि प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस नेता शेरबहादुर देउवाले माधव नेपालकुमार समूहलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । नेपाल समूहकै समर्थनमा प्रधानमन्त्री बनेका देउवाले एक महिनाभित्रमा संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

तर, एमालेको नेपाल समूहको समर्थनबिना देउवा सरकारले विश्वासको मत पाउने सम्भावना छैन। देउवा भने तत्कालै विश्वासको मत लिने तयारीका साथ नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेता नेपालको निवासमा नै पुगेर सरकारमा सहभागीको लागि आग्रह गरेको स्रोतले बताएको छ ।

नेता नेपालले प्रधानमन्त्री देउवालाई आफूहरु पार्टी एकताको लागि प्रयासरत रहेको र अहिले सरकारमा सहभागी हुने वा नहुने भन्ने कुरा केही दिनपछि भन्ने जवाफ दिएका थिए ।

सानो आकारको मन्त्रिपरिषद् गठन गरेका प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिए नेता नेपाल समूहलाई ८ वटा मन्त्रालय दिने तयारी गरेको बताइएको छ ।

यदि नेपाल समूह सरकारमा सहभागी भएमा घनश्याम भुसाल, भीम रावल, रामकुमारी झाँक्री, योगेश भट्टराई, गोकर्ण बिष्ट लगायतका नेता मन्त्री अवश्य बन्छन् । नेपाल समूह सरकारमा सहभागी भएमा शिक्षामन्त्री मन्त्री रामकुमारी झाँक्री नै हुने चर्चा पनि चलेको छ ।

यसअघि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रलाई दुई मन्त्रालय दिइसकेका छन् । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री भइसकेका छन् ।

यस्तै नेपाली कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन तथा न्याय मन्त्री बनिसकेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety seven − = ninety four