एउटै कदमले अर्थमन्त्री जनार्दन शर्माको देशभरी हाइहाइ !

काठमान्डौं । देउवा सरकारमा अर्थमन्त्री जनार्दन शर्माको एउटै कदमले देशभरका लाखौँ शेयरबजार लगाीकर्ताहरुमा खुशियाली छाएको छ ।

शेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने खालको निती बनाउँने नेपालराष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्री शर्माले सेयर बजारलाई प्रभाव पार्ने निती तुरुन्त फिर्ता लिन ठाडो निर्देशन दिएका थिए । मन्त्री शर्माको निर्देशन सेयर बजारमा हरियाली छाएको छ र

हिजो किर्तिमानी अंकले घटेको सेयर बजारले आज फेरि नाटकीयरुपमा असामान्य उछाल लिएको छ । एकै दिन नेप्से १६१.९४ अंकले बढ्दा बजारमा सकारात्मक सर्किटब्रेक नै लगाउनुपर्यो । यो अहिलेसम्मकै सबैभन्दा ठूलो अंकको वृद्धि भएको लगानीकर्ताले बताएका छन् ।

हिजो एक सय ८ अंकले सेयर बजारमा गिरावट आएको थियो । आज बजार खुल्दा नेप्से २८१८ बिन्दूमा थियो भने बन्द हुँदा २९८०.७८ विन्दुमा पुगेको छ । यो ५.७४ प्रतिशतको वृद्धि हो । अहिलेसम्म एकै दिन यति ठूलो अंकको वृद्धि भएको थिएन ।

आज कारोबार भने ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको भएको छ । ५० भन्दा बढी कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा अधिकांश फाइनान्स कम्पनी र हाइड्रोपावर छन् ।

आज सबै समूह उप-सूचक उच्च अंकले बढेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको शेयर ९.९२ प्रतिशतले बढेको छ । यसैगरी हाइड्रोपावरको ९.११, फाइनान्स समूहको ९.११ प्रतिशत, अन्य समूहको ८.३८ प्रतिशत, लगानी समूहको ६.८३ प्रतिशतले बढेको छ । आज ‘क’ वर्गको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.२ प्रतिशतले बढ्न पुगेको छ ।

राष्ट्र बैंकले सेयर धितोकर्जाको सिमा परिवर्तन गरेपछि सेयरबजारमा उथलपुथल आएको विश्वास गरिएको छ । आज अर्थमन्त्री जनार्दशन शर्माले राष्ट्रबैंकका गभर्नरलाई बजारलाई प्रभावित तुल्याउने गरी ल्याइएको नीति फिर्ता गर्न निर्देशन दिएका छन् । त्यसको प्रभाव बजारमा परेको हुन सक्ने अनुमान छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × ten =