जनार्दन शर्मा भन्छन् : दशैँमा सांसदहरुलाई भत्ता दिनुभन्दा भेन्टिलेटर किन्नु उचित

काठमाडौं: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद जनार्दन शर्माले दसैं भत्ताको रकमले भेन्टिलेटर किन्नुपर्ने बताएका छन्। सांसदहरूले संघीय संसदको कानुनविपरीत दसैं भत्ता लिएपछि कोरोना महामारीका बेला सांसदलाई भत्ता दिनुभन्दा भेन्टिलेटर किन्नुपर्ने प्रस्ताव राखेका हुन्।

‘कोरोना महामारी हाम्रो मुख्य समस्या हो। यस्तो बेला दसैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौं,’ शर्माले फेसबुकमा लेखेका छन्, ‘दसैं भत्ता स्वरूप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।’

यस्तै नेकपा सांसद भीम रावलले पनि दसैं भत्ता रकम आफ्नो खाताबाट कट्टी गर्न माग गरेका छन्। नेकपा प्रवक्ता समेत रहेका राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको तलबभत्ता नलिने यसअघि नै घोषणा गरेका थिए। को’रोना महामारी अहिलेको मुख्य समस्या भएकाले सासदहरुलाई दिइने दशैँ भत्ताले भेन्टिलेटर किन्नु उचित हुने उहाँले तर्क गर्नुभएकाे हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × one =