बिहानै चाले प्रचण्डले कडा कदम ! ज्यान जाला एमसीसी पास गर्न दिन्न

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्यान गएपनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न नदिने बताएका छन् ।

मंगलबार योङ कम्युनिष्ट लिग नेपाल ९वाईसीएल० को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी केही गरी पनि पास नहुने घोषणा गरेका हुन् ।

कार्यक्रममा प्रचण्डले भने, ‘एमसीसी पास हुँदैन । हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन ।’

‘ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

त्यस्तै प्रचण्डले माओवादी केन्द्र पनि संसदवादमा फस्दै गएको भन्दै संसदवादले राम्रो नगरेको बताए । प्रचण्डले वाईसीएललाई संसदवादमा नफस्न निर्देशन दिँदै फौजी संरचना भएकाले एकीकृत र एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

यस्तै योङ कम्युनिष्ट लीग नेपाल ९वाईसीएल०को पहिलो केन्द्रीय समिति बैठकले संयोजक र सह–संयोजक तोकेको छ । राष्ट्रिय भेलाले पदाधिकारी चयन गर्न नसकेपछि केन्द्रीय समिति बैठकबाट नेतृत्व टुंग्याउने जनाइएको थियो ।

आज राजधानीको गौशालास्थिति अनुपम पार्टी प्यालेसमा बसेको केन्द्रीय समिति बैठकले संयोजकमा सुमन देवकोटा ‘अब्दुल’ र सह–संयोजकमा सुबोधराज सेर्पालीलाई जिम्मेवारी दिएको हो । वाईसीएल नेपालका पहिलेका परम्परालाई तोड्दै यो पटक जिम्मेवारी दिने विषयमा नयाँ अभ्यास थालिएको हो ।

भेलाले पदाधिकारी टुंग्याउने तयारी अन्तिम चरनमा पुगेपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ठाडो हस्तक्षेपमा यस्तो भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सुमन प्रचण्डको गृह जिल्लाका हुन् ।

प्रचण्ड आफूले निर्वाचनमा कुनै समस्या झेल्न पर्ला की भन्ने डरका कारण सुमनलाई जसरी पनि नेतृत्व दिएरै छाडेका हुन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि गणेशमान पुन ‘रश्मी’को नेतृत्वमा गठन भएको वाईसीएल नेपालले तत्कालीन महासचिव रामचन्द्र (आरसी) शर्मा ‘विज्ञान’लाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

त्यसपछि आरसीको नेतृत्वमा महासचिव रहेका रामप्रसाद सापकोटा ‘दिपशिखा’ले वाईसीएलको नेतृत्व पाएका थिए । तर, यो पटक भने महासचिव रहेका सुबोधराजलाई जिम्मेवारी दिनुको सट्टा उपाध्यक्ष रहेका सुमनलाई संयोजकको जिम्मेवारी दिइएको हो ।

वाईसीएलको राष्ट्रिय भेलामा आएका प्रतिनिधिमा ७५ प्रतिशत बढिको समर्थन र केन्द्रीय समितिमा समेत स्पष्ट बहुमतमा रहेपनि भेलाबाट अध्यक्ष बन्न नदिन निवर्तमान अध्यक्ष दिपशिखाले ठूलै भूमिका निभाएको आरोप लाग्दै आएको छ ।

भने, पार्टी अध्यक्ष प्रचण्ड समेत आफ्नो निर्वाचन क्षेत्रलाई थप बलियो र सुनिश्चित बनाउन दलित समूदायका सेर्पालीको पक्षमा रहेका प्रतिनिधि र केन्द्रीय समितिको मतलाई लत्याउन लागिपरेको स्रोतको दाबी छ ।

वाईसीएलका अधिकांश केन्द्रीय समिति सदस्यहरु तत्काल राजीनामा दिएर पार्टीलाई चुनौति दिनुपर्ने मत राख्न थालेका छन् ।

प्रचण्डले सेर्पालीलाई खुमलटारमा बोलाएर पार्टी निर्देशन र निर्णय भन्दै सुनमलाई संयोजक मानेर जान निर्देशन दिएपछि अवस्था परिवर्तन भएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ two = one