अनौठो तरिकाले नेपालको प्रचार गर्ने भारतीय महिला रुदै मिडियामा, भन्छिन् “म नेपाली हो” ( भिडियो हेर्नुस )

काठमाडौँ । बितेका केही दिनदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले पोस्ट गरेको यो भिडियो नेपालका बारेमा छ। मानसीले उक्त भिडियोमा ‘नेपाल घुम्नै नहुने ७ कारण’ उल्लेख गरेकी छन्।

आफ्नो पोस्टमा उनले आफू लामो समयदेखि नेपालै बसेको र यहीँ काम गर्ने जानकारी दिएकी छन्। उनी स्पीकर र टेड-एक्स लगायत कार्यक्रमकी वक्ता पनि हुन्। उनको यो भिडियो हेरेपछि उनको बारेमा जान्न नेपालीहरु आतुर छन् ।

मान्सी अग्रवाल १४ वर्षअघि कलकत्ताबाट नेपाल आइपुग्दा २१ वर्षकी मात्रै थिइन् । जब काठमाडौँमा ओर्लिइन् आसपासका पहाड र मनमोहक प्राकृतिक दृश्यले उनको मन लोभ्यायो ।यहाँको चिसो मौसम र प्राकृतिक सौन्दर्यले यी भारतीय युवतीलाई आकर्षित गर्‍यो । त्यसो त, उनका पतिले सुरुका दिनहरुमै भक्तपुर दरबार स्क्वायर र अरु सम्पदा क्षेत्रतिर डुलाएका थिए । उनका पति, जो एक नेपाली युवक हुन् ।

मानसीको यो भिडियो भाइरल भएपछि उनी को हुन्, नेपाल र नेपालीलाई किन यत्ति धेरै माया गर्छिन् भनेर एभरेष्ट नेपालले उनीसँग कुराकानी गरेको छ । हेरौं भिडियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × = 21