माओवादी केन्द्र छाडेका चितवनका दुई ठुला नेता फेरि मूल पार्टीमा नै फर्किए, प्रचण्डले गरे स्वागत !

चितवन । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र छाडेका चितवनमा दुई नेता फेरि ने.क. पा माओवादी केन्द्रमा नै फर्किएका छन् । चितवन रत्ननगर जयमंगलाका रमेश रेग्मी ‘अमर’ र इच्छाकामनाका बाबुराम पोखरेल आज संविधान दिवसको दिन पारेर फेरि माओवादी केन्द्रमा फर्किएका हुन् ।

डा. बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति बनाएसँगै उनीहरुले माओवादी केन्द्र छाडेका थिए । दुवै नेतालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेका हुन् ।

रेग्मी बिगतमा माओवादी केन्द्रको जिल्ला कार्यालय सदस्यको रुपमा काम गरेका थिए ।

त्यसैगरी मकवानपुर बाट पूर्वमाननीय प्रलाद लामिछानेलगायत केही नेताहरु ने.क.पा (माओवादी केन्द्र) मा समाहित भएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = seven