ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, आज अहिलसम्मकै धेरै ५ हजार ७ सय ४३ जना संक्रमित थपिए

काठमाडौं, ५ कात्तिक । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २६ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ सय ९१ पुगेको छ

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको स्वाब परीक्षण गर्दा ५ हजार ७४३ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

त्यसैगरि सोहि अबधिमा २ हजार ९९६ जना कोरोना मुक्तभएका छन् , अब कोरोना संक्रमण मुक्त हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ ।

व्यवसायी वसन्त चौधरीलाई कोरोना संक्रमण

नर्भिक अस्पतालका अध्यक्ष समेत रहेका व्यवसायी वसन्त चौधरीलाई कोरोनाभाइरसको संक्रमण देखिएका छ । आफुलाई कोरोना पोजेटिभ देखिएको बारे बुधबार बिहान चौधरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।

ट्वीटरमा उनले आफुलाई कोरोनाको केही लक्षण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । उनले अहिले आफु चिकित्सकको सल्लाह अनुसार घरमै आइसोलेनमामा बसेको बताएका छन् । उनले आफुसँग ५ दिनयता सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ two = four