फेरि प्राधिकरण प्रमुखमा कुलमान घिसिङ नै, चार वर्षका लागि नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पठाइँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई दोहोर्‍याउने निश्चित भएको छ । चार वर्षे कार्यकाल पूरा गरी आज विदा हुँदै गरेका कुलमान पुनः प्राधिकरणको जिम्मेवारी फर्कने भएका हुन् ।

सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले उनलाई चार वर्षका लागि पुनः प्राधिकरण प्रमुखमा नियुक्ति गर्ने प्रस्ताव तयार गरेको छ ।

उक्त प्रस्ताव आजै वा भोलि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी ऊर्जा मन्त्रालयले गरिरहेको छ । सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले कुलमानलाई प्राधिकरण प्रमुखमा नियुक्ति गर्ने निर्णय गर्ने ऊर्जा मन्त्रालयले जनाएको छ । चार वर्षे कार्यकालमा ऊर्जा विकासभन्दा पनि देश लोडसेडिङमुक्त गरेको जस पाएका कुलमानलाई पुनः नियुक्ति गर्नुपर्ने जनस्तरबाटै दबाब आएको छ ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

45 ÷ = five