पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण

काठमाडौँ । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले आफूले पछिल्लो दश दिन यता कसैलाई पनि नभेटेको पनि जनाएका छन् । उनले आफूलाई लक्षणबिनै संक्रमण देखिएको जनाएका छन् ।

उनकी श्रीमती तारा मानन्धरलाई पनि संक्रमण भएको छ । श्रीमती मानन्धरलाई भने लक्षणसहित देखिएको उनले जानकारी दिएका छन् । उनले ट्विटरमा लेखेका छन्,‘मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै।”

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + 1 =