मोहन वैद्य फेरी माओवादी केन्द्रमै, स्वागतको तयारी !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा ठूला ठूला मान्छेहरु फर्कन लागेको दावी गरेका छन् । सोमबार पार्टीनिकट नेपाल बुद्धिजिवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले केही ठूला नेताहरु पार्टीमा फर्कन लागेको दाबी गरेका हुन् ।

प्रचण्डले आउने चुनावमा माओवादी एक नम्बर पार्टीमा स्थापित हुने दावी गर्दै केही ठूला नेता माओवादीमा फर्किन लागेको दावी गरेका हुन् । उनले केही पार्टीसँग एकीकरणको पनि कुरा चलेको बताए । उनले आज सोमबार नै सो पार्टीसँगको एकीकरणको लागि वार्तामा जान लागेको पनि बताए ।

माओवादीमा ठूला ठूला मान्छे फर्किँदै छन् तर म अहिले नाम भन्दिनँ, प्रचण्डले भने, अहिले एउटा पार्टीसँग एकताको कुरा चलिरहेको छ । म त्यसका लागि अहिले वार्ता गर्न जाँदैछु ।

प्रचण्डले उहिले एमालेमा विचार नभएको समेत दावी गरे का छन्। मदन भण्डारीको ठाउँमा ओलीलाई स्थापित गर्न लागेको आरोप उनको छ ।

उनले अबको मुख्य प्रतिस्पर्धा ओलीसँगै हुन बताउँदै उनले ओलीलाई माक्र्सवाद विरोधी करार गर्ने व्यवस्थित योजना ल्याउन पनि पार्टीनिकट बुद्धिजिवीहरुलाई आग्रह गरे। त्यस्तै, उनले एमालेभित्र विचारशील भनेर चिनिएका १० भाइ अहिले एमाले ब्रान्ड र सूर्य चिन्हमा गएर आत्मसर्मपण गरेको पनि प्रचडले आरोप लगाए ।

नेकपा एसले रक्षासहित पाँच मन्त्रालयमा को–को पठाउँदै छ मन्त्री ?

एमालेबाट बिभाजित भइ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पाँच ओटा मन्त्रालय पाएको छ । एकीकृत समाजवादीले रक्षासहित पाँच मन्त्रालय पाउने टुंगो लागेको हो । आज बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएको हो ।

जसअनुसार एकीकृत समाजवादीले रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ । सो पार्टीले एक राज्यमन्त्री पनि पाउने सहमति भएको छ । मन्त्रालयको सहमतिसँगै अध्यक्ष नेपालले मन्त्रीहरुको नाम टुंग्याउने गृहकार्य थाल्नुभएको छ ।

नेकपा एसका एक नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार सरकारमा पार्टीबाट नेृृत्वका लागि नेता मुकुन्द न्यौपाने, सचिव रामकुमारी झाँक्री र केन्द्रीय सदस्य बिरोध खतिवडाले दावी गरिरहनु भएको छ ।

महासचिव डा। बेदुराम भुसाल सरकारमा जान नहुने पार्टीभित्रको अडानका कारण अध्यक्ष नेपाल भने बिरोध खतिवडाको नेतृत्वमा सरकारमा पठाउने योजनामा हुनुहुन्छ ।

यसैगरी मन्त्रीका लागि खतिवडा, झाँक्री र न्यौपानेसहित कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, भेटमणि चौधरी, भवानी खापुङ, प्रेम आले र किसान श्रेष्ठमध्येबाट पठाउने नेपालको योजना रहेको छ ।

केन्द्रीय समितिमा रहेका नेताहरुले पदाधिकारीकै नेतृत्वमा सरकारमा पठाउनु पर्ने सुझाव दिए पनि अध्यक्ष नेपालले बिरोध खतिवडा पुराना नेता भएको कारण पदाधिकारी उहाँको मातहतमा जाँदा खासै फरक नपर्ने निर्णय सुनाउनु भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ thirty six = 44