भ्रष्टाचार गरेर दिउसै रात पार्नेहरुलाई छानी छानी ठिक पार्छु: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जाली झेली फटाहाविरुद्ध आक्रामक बन्न र जनताको पक्षमा काम गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वाइसीएललाई जाग्न र २०६४ सालको अवस्थामा सक्रिय हुन निर्देशन दिएका हुन् । उनले माओवादीलाई तर्साउन खोजिरहेको भन्दै कायर र दलालहरूलाई वाइसीएल जागेर ठिक पार्नुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘जाइलाग्ने होइन, आइलागे पनि इँटको जवाफ पत्थरले दिने ।’ ‘अबको चुनाव २०६४ को जस्तो बनाउनै पर्छ । जालझेल गर्ने र बाकस साट्नेहरूलाई भ्याकुर लखेटेझैँ लखेट्नुपर्छ ।

सोझो हुँदै जाँदा हेपियो । गुण्डा र भ्रष्टहरुलाई ठोक्ने । करोडौँ भ्रष्टाचार गरेर दिउँसै रात पार्नेहरूलाई ठिक पार्नुपर्छ र जनताको सेवा गर्नुपर्छ’, प्रचण्डको भनाइ छ । काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जाली झेली फटाहाविरुद्ध आक्रामक बन्न र जनताको पक्षमा काम गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वाइसीएललाई जाग्न र २०६४ सालको अवस्थामा सक्रिय हुन निर्देशन दिएका हुन् । उनले माओवादीलाई तर्साउन खोजिरहेको भन्दै कायर र दलालहरूलाई वाइसीएल जागेर ठिक पार्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘जाइलाग्ने होइन, आइलागे पनि इँटको जवाफ पत्थरले दिने ।’

‘अबको चुनाव २०६४ को जस्तो बनाउनै पर्छ । जालझेल गर्ने र बाकस साट्नेहरूलाई भ्याकुर लखेटेझैँ लखेट्नुपर्छ । सोझो हुँदै जाँदा हेपियो । गुण्डा र भ्रष्टहरुलाई ठोक्ने । करोडौँ भ्रष्टाचार गरेर दिउँसै रात पार्नेहरूलाई ठिक पार्नुपर्छ र जनताको सेवा गर्नुपर्छ’, प्रचण्डको भनाइ छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× seven = fifty six