एमाले परित्य गरि दर्जनौं माओवादी केन्द्रमा प्रवेश !

काठमाडौं । बनगाड कुपिण्डे नगरपालिका – १० रजैइ खोलामा नेकपा माओवादी केन्द्रले भेलामा सम्पन्न गरेको छ ।

भेलाबाट थुप्रै एमालेका नेता कार्यकर्ता प्रवेश गरेका छन् । वडा नवम्बर दशको वडा स्तरीय भेला आयोजना गरिएको थियो । उक्त भेलाबाट एमालेका थुप्रै नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।

भेलाले सेल कमिटी गठनसँगै टोल कमिटी पनि गठन गरेको छ ।

जिल्ला तहका नेताको उपस्थितिमा एमाले पार्टी सदस्य नरवहादुर पुन, डोटे कामी, लक्ष्मण पुन, अमर पुन, विरवहादुर कवंर, अमर परियार, हर्क पुन, डिला पुन, मैकली पुन, धनसरी वलि, चुइसा दमाई, देववहादुर थापा लगायतको टोली माओवादीमा प्रवेश गरेको हो ।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष कर्णवहादुर वुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर अध्यक्ष कृतिबहादुर राना, जिल्ला कमिटी सदस्य दिपक यरी, विरवहादुर वुढा र दुर्गा वुढाथोकीले आफ्नो धारणा राखेका थिए ।

वडा भेलामा वडा कमिटी अध्यक्ष विरवहादुर वुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टी वडा सचिव सुकलाल थापाले गरेका थिए । सल्यानमा माओवादी केन्द्रले वडा अभियान तीव्र रुपमा गरिरहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty one − 19 =