बिना मगर बनिन सुदूरपश्चिम सह-इन्चार्ज !

काठमाडौं । सुदूरपश्चिममा सबैको चित्त बुझाउन माओवादीले ६ जनालाई पार्टीको सहइन्चार्ज बनाएको छ ।

यसअघि माओवादीले लक्ष्मी दत्त जोशी र तारामान स्वाँरलाई सहइन्चार्ज बनाएकोमा फेरि ४ जना सहइन्चार्ज थपेको हो । जसमा प्रचण्डकी बुहारी बिना मगरसमेत रहेकी छन् ।

पछिल्लो समय थपिएकामा बिनासँगै नेपबहादुर चौधरी, त्रिलोचन भट्ट र वीरमान चौधरी रहेका छन् । भट्ट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री समेत हुन् ।

यस्तै अध्यक्षमा शरद्सिंह भण्डारी र सचिवमा देवीलाल चौधरी रहेका छन् । यस्तै इन्चार्जमा खगराज भट्ट यसअघि नै चयन भइसकेका थिए ।

त्यस्तै माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिएको छ । पछिल्लो समय पार्टी नेतृत्वको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै आएका श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिइएको हो ।

यसअघि श्रेष्ठलाई प्रवास समन्वय विभागको जिम्मेवारी दिइ अन्तर्राष्ट्रिय विभाग दिइएको थिएन । तर हाल आएर माओवादीले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी पनि दिएको हो ।

यस्तै उपप्रमुखमा सुरेन्द्र कार्की रहेका छन् । यस्तै प्रवास समन्वय समितिको सहइन्चार्जमा लक्ष्मण पन्त रहेका छन् । अध्यक्षमा भने यसअघि नै ओम शर्मा चयन भइसकेका छन् ।

माओवादीले अन्तर्राष्ट्रिय विभागमा रहने सदस्यहरु भने टुंगो लगाइसकेको छैन । तर त्यसका लागि यसअघि नै पार्टी निकटका डिप्लोम्याट र विदेश मामिलाका जानकारहरुको सूची तय गरिसकेको छ । सो सूचीबारे पार्टीबाट निर्णय नहुँदै बाहिरिएको थियो ।

माओवादी पार्टी कार्यालय स्रोतले श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी दिएको जानकारी दियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्नुअघि पनि श्रेष्ठ अन्तर्राष्ट्रिय विभागको नेतृत्वमा थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 1 = ten