राजिनामा दिदै नेपाली मिडियामाथि खनिए अल्मुताइरी ! भन्छन् : म कोच हुँ नोकर हैन, अब नेपाल फर्किन्न’

काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि आफू नेपाल नफर्कने र आफूले यसअघि नै राजीनामा दिइसकेको बताएका छन् । नेपाल र बंगलादेशबीच भएको खेलपछि पत्रकारहरूसँग कुरा गर्दै अल्मुताइरीले पद त्याग गर्ने घोषणा गरेका हुन् ।

साफ च्याम्पियनसिपपछि नेपाल नआएर सिधै कुवेत फर्किने बताएका हुन् । फाइनल खेल आफ्नो अन्तिम खेल हुने र त्यसपछि नेपाल नजाने बताए । ‘मैले साफमा इतिहास बनाए । आज नेपालले मात्र हैन दक्षिण एसियाली क्षेत्रले नै नेपाली टोलीसँग गर्व गर्छ,’ प्रशिक्षक अल्मुताइरीले भने, ‘फाइनल खेल नेपाली राष्ट्रिय टिमसँग मेरो अन्तिम खेल हुनेछ । त्यसपछि म नेपाल फर्किन्न ।’

प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए र भने, ‘‘अन्तिम तीन दिनमा मैले धेरै नराम्रो अनुभव गरेँ । ममाथि धेरै अरोप लाग्यो । हिजो हाम्रो ३ बजे ट्रेनिङ थियो । त्यसकारण सहायक प्रशिक्षक र अर्को एकजना खेलाडी प्री म्याच प्रेस कन्फ्रेन्समा आएका हुन् । एउटा मिडियाले त्यसैलाई समाचार बनायो र मजाक उडायो,’’ नेपालका प्रशिक्षक अल्मुताइरीले भने, ‘‘आफ्नो प्रशिक्षकलाई त सम्मान गर्नुपर्छ । हामी प्रशिक्षक हौँ । नोकर होइन । हामी परिवार हौँ । हामी मानव हौँ । हाम्रो बच्चाहरू छन् ।

मैले त्यो मिडियालाई सोधेँ । म्याच फि क्सि ङको अ रो प लगाएर खुसी भयौ रु गर्व महशुस भयो > म नोकर होइन । प्रशिक्षक हुँ । फुटबल विकासका लागि नेपाल आएको हुँ । मैले नेपालमा भएको पत्रकार सम्मेलन भनेको थिए । म इतिहास रच्न चाहन्छु । त्यो आज पूरा भएको छ । अब हामी शनिबार फाइनल खेल्नेछौँ । यो मेरो अन्तिम खेल हुनेछ । त्यो खेलपछि म कहिल्यै नेपाल फर्किने छैन ।’’

यसअघि पनि उनले एन्फा उपाध्यक्ष पंकज नेम्वाङसँगको वि वा द पछि सामाजिक सञ्जालमार्फत पद त्यागको घोषणा गरेका थिए । अल्मुताइरीले नेपाली टोली सम्हालेपछि नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

3 + six =