पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन् : “कोरोना संकटमा जनताले अभिभावक गुमाए, टुहुरा भए”

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संकटको घडीमा अहिले नेपाली जनता अविभावक विहीन टुहुरा बनेका बताएका छन् । बिहीबार विजया दशमी २०७७ को उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी गर्दै पूर्व राजा शाहले भनेका छन्, ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ । संकटमो घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।’

जिम्मेवार पक्ष (सरकार)बाट विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको पनि पूर्वराजा शाहले बताएका छन् । संकटको घडीमा नेपाली जनता टुहुरा बनेका छन्– पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संकटको घडीमा अहिले नेपाली जनता अविभावक विहीन टुहुरा बनेका बताएका छन् । बिहीबार विजया दशमी २०७७ को उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी गर्दै पूर्व राजा शाहले भनेका छन्, ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ । संकटमो घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।’

जिम्मेवार पक्ष (सरकार)बाट विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको पनि पूर्वराजा शाहले बताएका छन् । विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा रहेको उल्लेख गर्दै शाहले देशभित्र उनीहरूको श्रम, सीप र सामथ्र्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त नभएको बताएका छन् ।

‘देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्काे लागेको मार्मिक अवस्था देखिन्छ,’ शाहले शुभकामना सन्देशमा भनेका छन्, ‘राहात, रोजगार र रोगको उपचार खोज्दै भौतारिएका जन समूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुश गराउन सकिएको छैन ।’

दैनिक जीविकाका लागि अत्यावश्यक पर्ने वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रासजस्ता विषयले जनजीवन पिरोलिएकोप्रति पनि शाहले चिन्ता व्यक्त गरेका छन् । ‘समाजमा अनेक आपराधिक गतिविधि र पिसाच प्रवृत्ति बढ्दो छ, यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ, आज सबैले बढ्दो आशुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्,’ पूर्वराजा शाहले भनेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety nine ÷ 11 =