पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पत्नी हिसिलालाई कोरोना संक्रमण

काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको छ । भट्टराईले आफु र हिसिलालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। कार्तिक ७ गते गरेको स्वाब परिक्षणको नतिजा पोजेटिभ आएको डा भट्टराईले जानकारी दिएका छन्।

उनले चिकित्सकहरूको सल्लाह बमोजिम अहिले होम आइसोलेसनमा नै रहने बताएका छन्। डा भट्टराईले केही समय यता सम्पर्कमा रहेका महानुभावहरू सबैले सतर्कता अपनाउन विशेष आग्रह गरेका छन्।

कोरना संक्रमणको जानकारी दिदै डा भट्टराईले भनेका छन्

हिसिला र म दुबैलाई कोभिड(१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो। चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं। केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छु।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× one = seven