चितवनका जनतालाई भ्रम र द्विविधा नहोस्, म चितवनबाटै चुनाव लड्छु: प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा चितवन जिल्ला नछोड्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले घुमाउरो पारामा आफू चितवन जिल्ला नछोड्ने र आगामी निर्वाचनमा चितवनबाटै चुनाव बताए ।

आज भरतपुरमा पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अब पाँच वर्षको लागि हुने निर्वाचन आफ्नो लागि अन्तिम हुन सक्ने बताए ।

उनले भने, ‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ पाँच वर्षको लागि, तर म चितवन छोड्दिनँ । चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस् म चितवन छोडेर अन्त जाँदिनँ ।’

तपाइँलाई काउन्टर दिन एमालेले चितवनमा महाधिवेसन गरेको हो भन्ने कुरा सुनिएको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘एमालले चितवनमा महाधिवेसन गरे पनि म त झन् यहीँ आउन पर्यो नि ।’

उनले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले आफ्नो गरिमालाई कायम राख्नपर्ने बताए । पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भने, ‘न्यायालयको स्वतन्त्रता र गरिमालाई कहीँकतैबाट आँच आउन दिन हुँदैन ।

अहिले डिबेड चलिरहेको छ । एकदुई दिनमा निष्कर्षमा पुग्छ भन्ने मलाई लाग्छ ।’

अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर गर्दै भने, ‘हिजोमात्र तीन वटा गठबन्धनबीच छलफल भयो, त्यस्तौ कुनै समस्या छैन ।’

उनले यतिबेला आफूलाई केही तनाव नभएको बताए । उनले भने, ‘जति तनाव त पहिला थियो, अहिले त के तनाव छ र गठबन्धनको सरकार बनेको छ । पूर्णता पाएको छ । विकासमा लम्केको छ । अहिले के तनाव हुनु ?’

अध्यक्ष प्रचण्डले फरक प्रसङ्गमा आफूले कुनै निराशाजनक अभिव्यक्ति नदिएको बताउँदै रुपान्तरणको लागि संकल्प गरेको बताए ।

उनले भने, ‘मन्त्रीको राजीनामा पछि न्यायालयको विषय उठेको हो, यस विषयमा गठबन्धनले एउटा धारणा बनाउँछ ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty eight + = ninety six