प्रचण्डको टिप्पणी: एमालेले मलाई कति धेरै महत्व दिने रहेछ !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले १० औं महाधिवेशन चितवनमा गर्दा आफूलाई फाइदा पुग्ने बताएका छन् ।

आफूलाई महत्व दिएर एमालेले बुटवलमा तय भएको महाधिवेशन चिवतन सारेको भन्दै प्रचण्डले यसले आफूलाई फाइदा पुग्ने बताएका हुन् ।

‘उहाँहरुले यहाँ महाधिवेन गरेर मलाई विजयी बनाउने सुरुवात गर्नुभएको छ भन्ने लागेको छ’ मंगलबार चितवनमा पत्रकारसँग उनले भने, ‘एमालेले मलाई कति धेरै महत्व दिँदो रहेछ

भनेर चितवनका जनताले राम्रै बुझ्ने भए नि । प्रचण्डको भूमिका देशमा के रहेछ प्रचण्डको महत्व के रहेछ थाहा पाउने भए ।’

एमालेले चितवनमा महाधिवेशन गर्दा तपाईंलाई कसरी फाइदा हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने,

‘प्रचण्डमाथि केन्द्रित गरेर महाधिवेशन गर्नु आफैंमा फाइदाजनक हुँदैन र तपाईंहरुले कस्तो विश्लेषण गर्नुभएको छ ?’

मंसिरको १० देखि १२ गतेसम्म नेकपा एमालेले पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने तय गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty − 15 =