गृहजिल्ला पुगेका प्रचण्ड लाई जनताले गरे भव्य स्वागत ! घरदैलो अभियानमा व्यस्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ यतिबेला गृहजिल्ला चितवनमा छन्।

मंगलबार चितवन पुगेका उनी आफ्नो निर्वाचन क्षेत्रका जनताको घरदैलोमा व्यस्त बनेका छन्।

भरतपुर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै अबको चुनाव आफ्नका लागि अन्तिम चुनाव हुने बताएका थिए।

र,अब पनि चितवनबाटै लड्ने घोषणा गरेका प्रचण्ड बुधबार स,हिद परिवार र तथा जनताको घरदैलोमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले घरदैलोका तस्बिर सामाजिक सञ्जालमा राख्दै त्यसबारे जानकारी दिएकी छन्।

प्रचण्ड अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा चितनव क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty one − twenty seven =