BREAKING NEWS: भर्खरै सिंहदरबारभित्र अकस्मात गो-ली चल्यो !

काठमाडौं । सिंहदरबारभित्र गो-ली चलेको छ । यद्यपि कसैलाई लागेको छैन ।

बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गो-ली चलेको हो ।

उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गो-ली चलेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ ।

यो पनि पढ्र्नुहोस:

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी मन्दिप श्रेष्ठ

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक ९डीआईजी० मन्दिप श्रेष्ठ तोकिएका छन् । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई दिइएको हो ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले सो जिम्मेवारी बुझ–बुझारथ गरे ।

सो अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले उक्त जिम्मेवारी निर्वाहको क्रममा विभिन्न आम संचार माध्यम, विज्ञ संचारकर्मीहरु, विभिन्न संघसंस्था तथा निकायका विशिष्ट व्यक्तिहरुबाट प्राप्त भएको सहयोग, समन्वय तथा सहकार्यप्रती हार्दिक आभार प्रकट गरे।

सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले संगठन र राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गरेका विभिन्न जनसरोकारका विषयहरुबारेका सूचना तथा समाचार प्रकाशन प्रसारणमा उनीहरुबाट प्राप्त भएको सहयोग आगामी दिनहरुमा समेत निरन्तर रुपमा रहने विश्वास व्यक्त गरे ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

6 × = twelve