क्यानडेली प्रधानमन्त्रीले दिए विजया दशमीको शुभकामना

काठमाडौं, ८ कात्तिक । क्यानडेली प्रधानमन्त्री जस्टिन पियरे जेम्स ट्रुडेले विजया दशमीको अवसरमा सम्पूर्ण विश्वभरका हिन्दू धर्मावलम्बीहरुलाई शुभकामना दिनुभएको छ । उहाँले आफू क्यानडाका हि’न्दू समूदायसँग जोडिन पाएकामा खुशी व्यक्त गर्नुहुर्दै सम्पूर्ण हिन्दूधर्माबलम्बीलाई विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको छ ।

एक सन्देश जारी गर्नुहुदै उहाँले दुर्गापूजाको दशौं दिन विशेष दिन भएको र हि’न्दू धर्मअनुसार दानव वि’रुद्धको विजयको रुपमा मनाइने यस चाड विशेष रहेको पनि उल्लेख गर्नुभएको छ। उहाँले क्यानडा बहु सांस्कृतिक समाज भएको र यही विविधताले आफूहरु लाई बलियो बनाएको समेत उल्लेख गर्नु भएको छ ।

कोभिड १९ को महामारीले धेरै मानिस भेला भएर यो पर्व मनाउन चुनौतीपूर्ण रहेको स्मरण गर्दै उहाँले विगतका वर्षहरुमा भन्दा यसपालि थोरै समूहमा यो पर्व मनाउने भएपनि यसले विशेष महत्व र अर्थ राख्ने उल्लेख गर्नुभयो । उहाँले आफ्नो स्वागत र शुभकामना स्वीकार गर्न समेत आग्रह गर्नुभएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy five + = eighty four