म अरबमा छु श्रीमती अस्पतालमा छटपटाई रहेकी छिन् धेरै ब्लड चाहिन्छ रे क्रिपया सहयोग गरिदिनुहोस्

काठमाडौं । अहिले एउटा स्टाटसले सबैको मन रुवाएको छ । लाखौँको संख्यामा विदेशी भूमिमा रहेका अधिकांश नेपाली दाजुभाइहरुको भोगाई भएकै कारण सायद त्यो फेसबुकको स्टाटस भाइरल भइरहेको छ । एकजना विदेशीएका छोराले फेसबुकमा लेखेका छन् ।

यो के भयो बढी । तिमी हस्पिटलको बेडमा छटपटी हरेकी छौ । उता घरमा नानीहरुको बिचल्ली छ । म अर्काको देशमा रोड बढार्दै छु । तपाईहरु प्रति केही सहयोगको आशा राख्दैछु । मेरो फेसबुक लिस्टमा रहनु भएको सम्पुर्ण साथी भाइ र मेरो आफन्तहरुलाई म बिनम्र अनुरोध गर्दछु ।

मेरो बुढी हप्ता दिन देखि बिराटनगर नोवेल हस्पिटलको आइसीयूमा छटपटी हरेकी छिन । डाक्टरहरुको भनाई अनुसार एबी पोजेटिभ ब्लड धेरै मात्रामा लगाउनु पर्छ रे । यदी तपाई लगाएत तपाईका फ्याम्ली तपाईहरुले चिनेको साथीहरुसँग यो रगत समुह छ भने क्रिपया सोधी खोजी गरेर सहयोग गर्दिनुहोला । प्लिज प्लिज ।

यदी एबी पोजेटिभ ब्लड पूरा भयो भने मात्र बिरामिको अप्रेसन गर्न मिल्छ रे । ज्यान जोखिममा परिरहेको छ । डाक्टरको भनाई अनुसार ब्लड पूरा भएन भने यो केस डेन्जर छ । हामी अप्रेसन गर्न सक्दैनौ भन्दैछ रे । प्लिन हेप्प गर्दिनुहोला ।

अनि लागत खर्च पनि धेरै लाग्ने डक्टरहरुले बताउनु भाको छ रे । खै के गर्नु कस्लाई भन्नू । हाल म साउदिमा छु म पनि यो कम्पनिमा फसेको छु । म नेपाल फर्किन धेरै ट्राई गरे कम्पनिले दिएको छैन । र अहिले मेरो बुढी हस्पिटलमा बिरामी भएर लडिरहेकी छिन् ।

अब म मेरो आफन्त साथिभाई सबैमा आशा गर्छु । अनि सबैले एक एक सेयरपनि गर्दिनु होला प्लिज । दुःख पीडा सबैलाई आईपर्छ मात्र ढिलो छिटोमा फरक हुन्छ । मैले पनि धेरैलाई सहयोग गर्दै आए आज मलाई नै यस्तो पीडा पर्यो । क्रिपया हामीलाई बचाउनुहोस् ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty six + = 43