“हाम्रो बसेरी राम्रो बसेरी” गीतको बिमोचन संगै मृगौला पिडितलाई ६८ हजार ५ सय ५१ रुपैया हस्तान्तरण

काठमान्डौं । बसेरी उदयपुर सोसियल ग्रुप तथा व्यवस्थापन टिमले निर्माण गरेको गीत तथा म्युजिक भिडियो “हाम्रो बसेरी राम्रो बसेरी ” विमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ ।

कटारी नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष चन्द्रदिप पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पूर्व मन्त्री श्री शंकर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अम्बर ब. राउतले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता पुर्व सभासद मोहन ब। खत्री र समाजसेवी दुर्गा प्रसाद ढकाल, बरिष्ठ सञ्चारकर्मि नेपाल टेलिभिजन कर्मचारी सघका पुर्व अध्यक्ष मनोहरी थापा, सामाजिक अभियन्ता पुन्य गौतम, बाल गायिका पुजा सेञ्चुरी लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन शिवन पोखरेलले गरेका थिए भने पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले मिडिया संयोजकको भुमिका निर्वाह गरेका थिए ।

बिगत ४,५ बर्ष देखि दुबै मृगौला फेल भै उपचार गराउदै आएकी हिरा खड्कालाई आर्थिक संकलन गरि ६८ हजार ५ सय ५१ रुपैया हस्तान्तरण गरिएको थियो भने रुकुमकी बाल गायिका पुजा सेन्चुरीलाई प्रोत्सान स्वरुप ५ हजार रुपैया सहयोग गरिएको थियो ।

यस गीतमा नृपध्वज खत्री (निरीप) को शब्द रहेको छ भने चर्चित संगीतकार सुरेश अधिकारीको संगीत रहेको छ । योगेश काजि र रेश्मा पुनको स्वर रहेको यस गीतमा हरिश महराको छायांकन, हिम्मत चैशिरको सम्पादन र नृत्य निर्देशन नृपध्वज खत्री (निरीप) र शिवन पोखरेलको निर्देशन रहेको छ। सो गीतलाई सहारा टिभी नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

बसेरी सोसियल ग्रुप तथा ब्यबस्थापन टीममा नरेश मगर, मनिष गजमेर , बिकाश श्रेष्ठ, नृपध्वज खत्री (निरीप) र शिवन पोखरेल रहेका छन् । सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

20 ÷ two =