एमसीसी को लागि प्रचण्ड बने कठ्ठोर ! कुनै पनि हालतमा एमसीसी पास नगर्नु भन्दै देउवालाई दिए चेतावनी

काठमाडौं । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा शनिबार भएको बैठक बिना कुनै निष्कर्ष सकिएको छ । एमसीसी परियोजना बारेको सम्झौतालाई कसरी अगाडि बढाउने विषयमा सत्तारुढ गठबन्धनका दलहरु आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीका विषयमा लामो छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले रातोपाटीसँग भन्यो, ‘अब ढिला नगरी एमसीसीलाई संसद्मा टेबल गरौँ । त्यहीँ आ–आफ्नो धारणा राखौँ । त्यहीँबाट यसको छिनोफानो गरौँ ।’

तर, नेताद्वय प्रचण्ड र नेपालले प्रधानमन्त्रीको सो प्रस्तावलाई अस्वीकार गरेका थिए । एमसीसी संसद्मा टेबल गर्न अघि दलहरुबीच साझा धारणा बनाउनुपर्ने र यसका लागि प्रतिपक्षी दलसँग पनि छलफल र संवाद गर्नुपर्ने उनीहरुले कुरा राखेका थिए । स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने उनीहरुको धारणा रहेको थियो ।

जवाफमा प्रधानमन्त्री देउवाले संसद्मा सबै दलले धारणा राख्न पाउने जिकिर गर्दै एमसीसी टेबल गर्न धेरै ढिला गर्न नहुने आफ्नो कुरा दोहोर्‍याएका थिए ।

प्रधानमन्त्रीले एमसीसी सम्झौता टेबल गर्न जोड दिएपछि दुई नेताले यसरी जबर्जस्ती गर्ने हो भने ‘गठबन्धन भत्किन सक्ने’ चेतावनीसमेत दिएको स्रोतले रातोपाटीलाई बतायो । प्रधानमन्त्री देउवाले भने सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिएका थिए । प्रधानमन्त्रीको आश्वासनका बावजुद आजको बैठकले कुनै ठोस निष्कर्ष भने निकाल्न सकेन ।

अमेरिकाले यही फेब्रअुरीको अन्तिमसम्म एमसीसीबारे छिनोफानो गर्न नेपाललाई ‘डेडलाइन’ दिएको छ । यसका लागि अमेरिकी पक्षले नेपालका शीर्ष नेतृत्वलाई निरन्तर दबाब दिइरहेको छ । केही दिनअघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेताहरुलाई फोन गरेर एमसीसी पारित नभए ‘नेपालसँगको सम्बन्धनमा पुनर्विचार गर्ने’ सम्मको धम्की दिएका थिए ।

छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गरेको उनका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिएकी छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty eight ÷ forty four =