गठबन्धन जोगाउने र एमसीसीलाई निकास दिने हाम्रो जोड होः प्रचण्ड

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म गठबन्धन जोगाइने बताएका छन् ।

एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि उनले आफूहरु जसरी पनि गठबन्धन जोगाउनेमा लागेको प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष प्रचण्डले गठबन्धनका पाँचौ दललाई कसरी जोगाउने र एमसीसीलाई कसरी निकास दिनेबारेमा छलफल केन्द्रीत भएको पनि बताए ।

सत्ता गठबन्धन दलको संयुक्त बैठक आज बेलुका ५ बजे बस्दैछ।

एमसीसीको विषयलाई लिएर गठबन्धनबीच तीव्र मतभेद कायम भएका बेला आज बेलुका बैठक बस्न लागेको हो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

1 × = nine