माओवादी एमसीसी असफल गराइ छाड्ने रणनीतिमा !

काठमाडौं । नेकपा माओवादी केन्द्र एमसीसी असफल गराइ छाड्ने पक्षमा उभिएको छ । उसले संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने र पारित गर्न खोजे गठबन्धनबाट अलग हुने निर्णय लिइसकेको छ ।

माओवादीले एमसीसी टुंगो लगाउने समयसीमा १६ फागुनपछाडि मात्र केन्द्रीय कमिटी बैठक सारेर आफ्नो अडान यथावत रहने संकेत समेत गरेको छ ।

माओवादीको ८ र ९ फागुनमा डाकिएको केन्द्रीय कमिटी बैठक पनि सारेको छ । २० फागुनका लागि बैठक सार्नुलाई अर्थपूर्ण मानिएको छ ।

एमसीसीबारे महाधिवेशनमा तयार राजनीतिक प्रतिवेदनमै विरोध गरेको माओवादीले टसमस नहुने गरी आफूलाई प्रस्तुत गर्दै आएको छ ।

प्रचण्डले एमसीसीको समयसीमा सार्ने प्रयास जारी राखेका छन् । उनले विगतमा अमेरिकालाई पत्र लेखेर ५ महिनाको समय मागेका थिए । त्यो पाए पनि । फेरि समयसीमा बढाउन चाहेका छन् । तर, अमेरिका तयार भएन ।

प्रचण्डको ध्येय एमसीसी असफल बनाउने नै रहेको विश्लेषण हुन थालेको छ । उनी कुनै हालतमा यथास्थितिमा पारित नगर्ने पक्षमा छन् । यसमा लचिलो हुने सम्भावना लगभग छैन ।

एमसीसी टेबल गर्न समेत सभामुख अग्निप्रसाद सापकोटा सकारात्मक बनिसकेका छैनन् । यद्यपि गठबन्धन बचाउन टेबल गर्न समेत दिनसक्ने बुझिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fourteen ÷ = two