सत्ता गठबन्धनका नेताको बैठक बालुवाटरमा सुरु !

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा सहमति जुटाउन पाँचदलीय सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा गठबन्धनका नेताहरूको आजको बैठक सुरु भएको छ ।

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद्मा एमसीसी सम्झौता टेबल गराउने विषयमा निष्कर्षमा पुग्न बैठक बसेको नेताहरूले बताएका छन् ।

एमसीसीका विषयमा गठबन्धनमा आबद्ध दलमा एकमत नहुँदा संसद्मा टेबल हुन सकेको छैन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× eight = sixteen